Incident Reports

कथित बोक्सीको आरोपमा दुर्व्यवहार गरेको घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

2018-09-22

Bagmati, Sindhupalchok, Jugal, Ward 4

२५ वर्षीया महिलालाई कथित बोक्सीको आरोप लगाइ सामाजिक बहिष्कार गरेको आरोपमा जुगल गाउँपालिका-४ का ५० वर्षीय सुब्बा तामाङ र सोही ठाउँकी ४५ वर्षीया धनमाई तामाङविरूद्ध मङ्सिर १० गते गते जिल्ला प्रहरी कार्यालयमा पीडित पक्षले उजुरी दिएको छ ।

पीडित महिलालाई आरोपितहरूले असोज ६ गते धनमाई तामाङको छोरीलाई कथित बोक्सीको मन्त्र लगाएर बिरामी पारेको आरोप लगाएर गाउँबाट बहिष्कार गरेको पीडितपक्षको आरोप छ ।

आफूलाई बोक्सीको आरोप लगाएर गाउँ निकाला गरेपछि गुम्बास्थित माइती घरमा गएर बसेको पीडितको भनाई छ । घटना भएको केही दिनपछि गाउँपालिकामा उजुरी गरेको र गाउँपालिकाले सुनुवाइ नगरेपछि आफू जिल्ला प्रहरी कार्यालय आएको पीडितको भनाई छ ।

आरोपितहरूलाई गिरफ्तार गर्न तेम्वाथान प्रहरी चौकीलाई पत्राचार गरिएको जिल्ला प्रहरी कार्यालयले जनायो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Banishment/shunning
Weapons None
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments