Incident Reports

पत्नीलाई कुटपिट गरेको घटनाका आरोपित गिरफ्तार

2018-11-27

Karnali, Surkhet, Gurbhakot, Ward 6

गुर्भाकोट नपा–६ की ३३ वर्षीया भुमी विसीलाई कुटपिट गरी घरको तलाबाट खसालेको आरोपमा प्रहरीले ३६ वर्षीय पति अर्जुन केसीलाई मङ्सिर ११ गते गिरफ्तार गरेको छ ।

पीडितका बुबा वीरबहादुर विसीले मङ्सिर ११ गते प्रहरी चौकी मेहेलकुनामा ज्यान मार्ने उद्योगमा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

पतिले घरायसी विषयमा भएको विवादमा मङ्सिर ११ गते बिहान कुटपिट गरी घरको तलाबाट खसालेपछि पीडितको दाहिने आँखा र टाउकोमा चोट लागेको छ । पीडितको उपचार मेडिकल कलेज नेपालगञ्जमा भइरहेको छ ।

आरोपितले पत्नीलाई यस अघिपनि पटकपटक कुटपिट गर्ने गरेको मेहेलकुना प्रहरी चौकीका इञ्चार्ज सर्वजित बलेलीले जानकारी दिए ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments