Incident Reports

बालिकालाई दुर्व्यवहार गर्ने युवक प्रहरी नियन्त्रणमा

2018-10-31

Lumbini, Nawalparasi West, Sarawal, Ward 5

जिल्लाको सरावल गाउँपालिका ५ मा एक बालिकालाई दुर्व्यवहार गरेको आरोपमा स्थानीय एक युवक पक्राउ परेका छन्। छिमेकी ८ बर्षीय बालिकालाई साँझ परेको बेला मुख थुनेर लाग्दै गरेको अवस्थामा स्थानीयले हल्ला गरेपछि उनी पक्राउ परेका हुन्।
करणी गर्ने मनसायले ती बालिकालाई लागेको आरोप लगाउंदै २१ बर्षीय प्रदिप राजभरलाई स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएका हुन्। पटक पटक गाउँका सोझासाझा बालिका माथि कुदृष्टि हाल्ने हाल्ने राजभारलाई गाउँलेले प्रहरीमा बुझाए पछि प्रहरीले बालिका दुर्व्यवहार गरेको अभियोगमा जिल्ला प्रशासन कार्यालयमा म्याद थप गराई अनुसन्धानका लागि हिरासतमा राखेको छ। अभियुक्त राजभार माथि अनुसन्धान भई रहेको प्रहरी निरीक्षक विरेन्द्र गुरुङले बताए।
बालिका र उनको अभिभावकबाट पनि बयान लिईने कार्य भैरहेको जनाउँदै प्रहरी निरीक्षक गुरुङले अहिले बालिका माथि दुर्व्यवहार गरेको भनेर जिल्ला प्रशासन कार्यालयबाट म्याद थपिएको तर पछि करणी उद्योगको आधार प्रमाण फेल परे सोही बमोजिम जिल्ला अदालतमा मुद्दा अभियोजन गर्न सकिने बताए।
बालिकाका अभिभावकका अनुसार ती युवकले पहिला पनि एक गाउँकै बालिका मनिषा राजभरलाई दुर्व्यवहार गरेका थिए। पछि उनले फेरी एक बालिकासंग दुर्व्यवहार गरेका थिए।



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Local Newspaper - Rupandehi

0 Comments