Incident Reports

काठमाडौंमा पेट्रोल बम विष्फोट, आठ घाइते, ट्याक्सीमा आगजनी l

2013-11-13

Ramesh Prasad Timalsina अज्ञात समूहले काठमाण्डौको सामाखुसीमा माइक्रोबसमा पेट्रोल बम प्रहार गर्दा माईक्रोमा यात्रा गरिरहेका ८ जना यात्रु घाइते भएका छन् । कात्तिक २७ गते साँझ बालाजुबाट महाराजगञ्जतर्फजाँदै गरेको बा १ ज ९८९१ नम्बरको माइक्रोबसमा अज्ञात समूहले बम प्रहार गरेको प्रहरीले जानकारी दिएको छ । घाइते हुनेमा ध्वजसिंह बिष्ट, सवारी चालक रामबहादुर थापा, बिनोदबहादुर चन्द, मनोज पन्त, अप्सरा बस्नेत, मिठु श्रेष्ठ, मन्जु श्रेष्ठ र बालक सानुबाबु बस्नेत रहेका छन् । मोटरसाइकलमा आएका अज्ञात समूहले बसमा पेट्रोल बम प्रहार गरेको र उनीहरूको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ । उनीहरूको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यसैगरी, काठमाडौँकै कालोपुलमा अज्ञात समूहले एउटा ट्याक्सीमा आगजनी गरी पूर्ण रुपमा क्षति पुर्‍याएको छ । बा १ ज ४१३५ नम्बरको ट्याक्सीमा अज्ञात समूहले आगजनी गरेको प्रहरीको भनाई छ । आगजनी कसले र किन गर्‍यो भन्नेवारे खुल्न नसकेको गौशाला प्रहरी प्रभागका डीएसपी अभिनारायण काफ्लेले जानकारी दिएका छन् । यस्तै, वीर अस्पताल अगाडि बम विस्फोट भएको छ । मोटरसाइकलमा आएका अज्ञात समूहले बम विस्फोट गराएको सञ्चारमाध्यामहरूले जनाएका छन् । यद्यपी यस विषयमा प्रहरीको प्रतिक्रिया प्राप्त हुन सकेन ।

0 Comments

Related Reports
Related Trend Analysis