Incident Reports

No translation available.

2013-11-14

Gandaki, Gorkha, Gorkha

नेकपा-माओवादीका कार्यकर्ताले कात्तिक २७ गते बिहान ताप्ले गाविस कटुसघारीमा बा २४ प २६१८ नम्बरको मोटरसाईकल आगजनी गरेका छन् । गोरखा बजारबाट आरुघाट तर्फगई रहेको मोटरसाईकल नियन्त्रणमा लिएर आगजनी गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । आगजनीबाट मोटरसाईकलमा सामान्य क्षति पुगेको डिएसपी बसन्त कुँबरले बताए । उनले भने 'आगजनी गर्नेको खोजी कार्य भई रहेको छ, घटना लगत्तै त्यसक्षेत्रमा प्रहरी परिचालन गरिएको छ ।' नेकपा-माओवादी लगायत दलले यातायात बन्द आह्वान गरे पनि गोरखा सदरमुकाममा आसपासमा मोटरसाईकल लगायत नीजि सवारी साधन सञ्चालन भई रहेका छन् । सुदिप कैनी

0 Comments

Related Reports