Incident Reports

परिवारै नागरिकताविहीनः जन्मदर्ता नहुँदा ४ वर्षदेखि कक्षा दोहोयाउँदै बर्सिना

2018-12-03

Province 1, Panchthar, Hilihang, Ward 7

पाँचथर सदरमुकाम फिदिम नजिकै एउटा यस्तो परिवार जोसँग आफ्नो भन्ने कुनै जाय जेथा वा सम्पत्ति छैन् । परिवारका कुनैपनि सदस्यसँग नागरिकताको प्रमाणपत्र समेत छैन् । अरु अचम्मको कुरा त नागरिकताको प्रमाणपत्र भए/नभएको विषयमा उनीहरुमा दोधार छ । किनकी नागरिकताको प्रमाणपत्र के हो भन्ने जानकारी समेत यो परिवारलाई छैन्।

हिलिहाङ गाँउपालिका वडा नं. ७ भारपा स्थित फुलुवाका चन्द्रलाल बराइली तथा उनका भाई झुमन बराइलीसँग आफ्नै जग्गा जमिन त छैन् नै, नागरिकताको प्रमाणपत्र समेत छैन् । फिदिम नगरपालिका–१०, याङनाम पुख्र्यौली घर भएका दुई दाजुभाईको परिवार स्थानीय चन्द्रबहादुर योक्पाङ्देनको पाखो बारीमा रहेको बटेरोमा बस्दै आएका छन्।

कन्तविजोगले जंगल छेउमा छिमेकीको सहयोगमा चलेको चन्द्रलालको परिवारलाई नागरिकताको प्रमाणपत्र चाहिन्छ भन्ने थाहा समेत थिएन् । तर, अर्काको घरमा बसेर पढ्दै आएकी जेठी छोरी वर्सिनालाई कक्षा आठमा परीक्षा फारम भर्न जन्मदर्ता आवश्यक परेपछि वर्सिनाले आफू बस्दै आएका रुद्र तामाङलाई गुहारिन् ।

तामाङले बराइलीको नागरिकताको प्रमाणपत्रको खोजी गरेपछि बल्ल उक्त परिवारसँग नागरिकताको प्रमाणपत्र भए÷नभएको स्थानीय अगुवाहरुले खोजी थालेका छन् । “विद्यालयले जन्म दर्ता खोजेपछि बावुको नागरिकता छ कि छैन भनेर खोजी ग¥र्यौँ” छिमेकी डम्बर योक्पाङ्देनले भने “नागरिकता हुनुपर्ने मान्छेले नै यकिन कुरा नगरेपछि समस्या भयो ।”

नागरिकताको अभावका वर्सिनाको पढाईमा समस्या सिर्जना भएको उनलाई संरक्षण गरेर राख्दै आएका हिलिहाङ–७, सल्लेरीका रुद्र तामाङको भनाई छ । केही स्थानीयले बराइली दाजु भाईको नागरिकता बनेको तर, हराएको वताएपछि जिल्ला प्रशासन कार्यालयको ढड्डामा हेर्न लगाउँदा उनीहरुको नागरिकतासम्बन्धी कुनै तथ्य फेला नपरेको हिलिहाङ गाँउ कार्यपालिकाका सदस्य टीकाराम धमलाको भनाई छ ।

0 Comments

Related Trend Analysis