Incident Reports

प्रहरी असईमाथि कुटपिट गरेको घटनाका आरोपित गिरफ्तार

2018-11-30

Karnali, Humla, Chankheli, Ward 6

चङ्खेली गाउँपालिका-६ मेल्छाम प्रहरी चौकीका इञ्चार्ज असई ३९ वर्षीय धनवीर धामीलाई कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाउँका २२ वर्षीय रहमान बुढालाई मङ्सिर १६ गते गिरफ्तार गरेको छ । घटनामा संलग्न नाम नखुलेका एक व्यक्ति फरार रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रविन श्रेष्ठले बताए ।

मेल्छाम गाउँमा रहेको जनता बैङ्कमा रहमान बुढाका बुवा नरबहादुर बुढा सुरक्षा गार्डका रूपमा कार्यरत छन् । उनलाई मङसिर १२ गते दिउँसो सुतिरहेको देखेपछि गार्ड बसेको समयमा सुत्न हुँदैन भनी असई धामीले आग्रह गरेका थिए ।

त्यसैको रिसमा नरबहादुरका छोराले मङ्सिर १४ गते समुदाय प्रहरी साझेदारी टोल सुधारको लागि समिति गठन गर्न गएका प्रहरीमाथि कुटपिट गरेको प्रहरीले जनायो । प्रहरीमाथि हातपात गर्न आएका रहमानले मदिरा सेवन गरेर आएको डिएसपी श्रेष्ठको भनाई छ ।

मङ्सिर १६ गते मुद्दा दर्ता गरी रहमानलाई १० दिनको म्याद थप गरिएको छ भने फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । असई धामीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth noyouth
INSEC

0 Comments

Related Reports