Incident Reports

गोरखाको बक्राङमा एमाओवादी र काङग्रेस कार्यकर्ताबीच झडप l

2013-11-12

Gandaki, Gorkha, Sahid Lakhan

Sudip Kaini घरमा कुन पार्टीको झण्डा राख्ने विषयमा बक्राङ गाविसको कुसुण्डेमा दाजुभाई बीच भएको विवादपछि एमाओवादी र काङ्ग्रेस कार्यकर्ता बीच झडप भएको छ । झडपमा तीन जना घाइते भएका छन् । कात्तिक २६ गते राती ९ बजे झडप भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । झडपका क्रममा एमाओवादीका जनक आले तथा काङग्रेस कार्यकर्ता टेकेन्द्र थापा र विश्वास थापा घाइते भएका छन् । टाउकोमा चोट लागेका उनीहरुलाई राती नै प्रहरीले उद्धार गरी उपचारका लागि गोरखा अस्पताल तर्फल्याएको छ । भाइ विशालले घरमा राखेको एमाओवादीको झण्डा दाइ विश्वासले जलाएर काङ्ग्रेसको झण्डा राखेपछि दुई पक्षका कार्यकर्ता बीच झडप भएको डिएसपी बसन्त कुँबरले जानकारी दिए । सुदिप कैनी

0 Comments

Related Reports