Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-08-31

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जाजरकोट जिल्ला भेरी नपा–२ स्थायी घरभई बलेफी गाउँपालिकामा सव ओभरसियरका रूपमा कार्यरत भई भूकम्प पीडितको घर नापजाँच गरी बस्ने २४ वर्षीय दिपकराज कार्कीलाई मङ्सिर १८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले भदौ १५ गते आरोपितकै कोठामा लगी ‘तिम्रो घर पुनःनिर्माण सम्पन्न नभएपनि तेस्रो किस्ताको रकम सिफारिस गरिदिन्छु’ भन्दै पीडित बालिकालाइ फकाएर बलात्कार गरेको पीडितपक्षको आरोप छ ।

पीडित बालिकालाई आरोपितले बलात्कार गरेपछि तीन महिनाको गर्भ समेत भएको पीडित पक्षको आरोप रहेको छ ।

पीडित पक्षले मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको प्रहरीले जनाएको छ । पीडितकी आमाको भनाइ अनुसार छोरीको महिनावारी रोकिएको थाहा पाएपछि छोरीलाई सोधपुछ गर्दा बलात्कारमा परेको थाहा पाइएको हो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर १८ गते जिल्ला अस्पतालमा गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यसैगरी १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई मङ्सिर १७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले मङ्सिर १० गते बलात्कार गरेको पीडित पक्षको आरोप छ । पीडितपक्षले मङ्सिर १५ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दिएको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर महेन्द्र दर्नालले बताए ।

इन्स्पेक्टर दर्नालका अनुसार पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर १५ गते प्राथामिक स्वास्थ्य केन्द्र मेलम्चीमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments