Incident Reports

नेविसंघ द्वारा सरकारी कार्यालय तोडफोड र पत्रकारमाथी हातपात

2018-11-02

कन्चनपुरको भीमदत्त नगरपालिका-२ उल्टाखामकी निर्मला पन्तको हत्यारा पक्राउ गर्न माग गर्दै नेविसंघले गरेको महेन्द्रनगर बजार बन्द अराजक भएको छ । नेविसंघका कार्यकर्ताले बन्दका क्रममा रिपोर्टिंग गर्न गएका पत्रकारमाथि  हातपात गर्नुका साथी जिल्ला सरकारी वकिल कार्यालयमा तोडफोड समेत गरेका छन् ।


बन्दका क्रममा नेविसंघका कार्यकर्ताले सरकारी वकिल कार्यालयका चारजना कर्मचारीमाथि पनि हातपात  गरेका छन् । उक्त क्रममा तोडफोडको भिडियो खिच्दै गरेका एमटीएम टेलिभिजनका रिपोर्टर  चन्द्रकान्ता जोशीमाथि हातपात गर्नुका साथी उनको क्यामरा समेत फुटाईदिएका छन् । पत्रकार जोशीमाथि भएको दुर्व्यवहार र आक्रमणप्रति नेपाल पत्रकार महासंघ जिल्ला शाखा कंचनपुरले खेद ब्यक्त गरेको छ  ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Violent demonstration
Secondary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Journalist/Media Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
Local Newspaper - Kanchanpur

0 Comments