Incident Reports

एसिडका आरोपी पूर्पक्षका लागि कारागार चलान

2018-09-24

नवलपरासीको कावासोती नगरपालिका १६ को ३० बर्षीय बसन्ती परियारलाई एसिड र चक्कु प्रहार गर्ने सोही ठाउँका ३७ बर्षीय बिमल श्रीपालीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। श्रीपालीलाई ज्यान मार्ने उद्योग- एसिड प्रहार र अंगभंग शीर्षकमा मुद्दा चलाई प्रहरी हिरासतमा राखी अनुसन्धान भैरहेको थियो।
श्रीपालीलाई जिल्ला सरकारी वकिल अदालतमा पेश गरिएकोमा अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको जिल्ल प्रहरी कार्यालय नवलपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए।
एसिड र छुरा प्रहारबाट गम्भीर घाइते भएको बसन्तीको त्रिवी शिक्षण अस्पतालमा उपचार भैरहेको छ। एसिड प्रहारबाट उनको अनुहार तथा शरीरका विभिन्न भागहरु जलेर कुरुप भएका छन्। उनी देब्रे
आँखाले देख्न नसक्ने भएकी छन्।  बसन्तीलाई गत असोज ८ गते हाटबजारबाट तरकारी किनेर फर्किंदै गर्दा बिमलले पछाडीबाट टाउकोमा समातेर एसिड प्रहार गरी चक्कु समेत प्रहार गरेका थिए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Other violent form
Weapons Other
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
Local Newspaper - Rupandehi

0 Comments