Incident Reports

दुई हजारले लियो ज्यान

2018-11-23

Karnali, Rukum West, Aathbiskot, Ward 4

मंसिर ७ गते रुकुमको आठबीसकोट नगरपालिका–४, गिदिविसामा एउटा घटना भयो । सोही नगरपालिका–५, २८ वर्षीय धनबहादुर विकले सोही ठाउँका २२ वर्षीय रविन सार्कीमाथी कुटपिट गरे । आठबीसकोट नगरपालिकाको केन्द्र राडीबाट घर जाँदै गरेका सार्कीलाई विकले बाटोमै रोकेर कुटपिट गरे । उनको कुटपिटबाट घाइते सार्कीको उपचारको क्रममा मृत्यु भयो ।

नेपालगञ्ज मेडिकल कलेजमा सार्कीको मृत्यु भयो । विकलाई प्रहरीले १० गते नै जाजरकोटबाट पक्राउ गर्‍यो । उक्त हत्याको पछाडि खास ठूलो कारण नभएको पाइएको प्रहरीले जनाएको छ । पक्राउ परेका विकसँगको सोधपुछको क्रममा २ हजार रुपैयाँकै कारण झगडा भएको खुलेको प्रहरीले जनाएको छ ।

‘सार्कीले विकलाई दिनुपर्ने २ हजार रुपैयाँ नदिएका कारण कुटपिट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ, जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले भन्नुभयो, पहिल्यै तिनुपर्ने नगद नतिरेपछि विकले सार्कीलाई कुटपिट गरेको देखिन्छ । अनुसन्धानको क्रममा विक र सार्कीबीच कुटपिटकै पूरानो रिसिबी रहको पनि पाइएको डीएसपी खड्काले बताउनुभयो । केही समय पहिला सार्कीले विकलाई कुटपिट गरेको र त्यो कुटपिट गरेको उपचार गर्न २ हजार रुपैयाँ खर्च भएको थियो । त्यही उपचार खर्च वापतको रकम सार्कीले नदिएपछि उसलाई कुटपिट गरेको बयान विकले प्रहरीलाई दिएका छन् । उपचार खर्च बापतको २ हजार रुपैयाँ पटक पटक माग्दा पनि नदिएपछि सार्कीमाथी कुटपिट गरेको विकले स्वीकारेको डीएसपी खड्काले बताउनुभयो । विकमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ । रुकुम जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports