Incident Reports

आलु व्यापारी हत्या आरोपमा तीन जना बिरुद्द किटानी जाहेरी

2018-10-22

Lumbini, Nawalparasi West, Pratappur, Ward 4

पश्चिम नवलपरासीमा सोमबार राती हत्या भएका व्यापारी आलु व्यापारीको हत्यामा संलग्न रहेको भन्दै उनका परिवारले तीन जना बिरुद्द किटानी जाहेरी दिएको छ। उनीहरुले इलाका प्रहरी कार्यालय बेलाटारीमा किटानी जाहेरी दिएका हुन्। जाहेरी परेका जनक गुरुङ, नर्मदेश्वर चौहान र दिनबन्धु भन्ने ओमकार पाण्डेलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
प्रतापपुर गाउँपालिका वडा नं ४ बर्दघाट पुल नजिकको बंगैचामा गत सोमबारराती नवलपरासीको पाल्हिनन्दन गाउँपालिका १ निवासी गणेश सहानीको हत्या भएको थियो। उनीसंगै बेहोस भएर रातभर संगैरहेका भनिएका अर्का एक जना नवलपरासीकै पाल्ही नन्दन ३ निवासी ३६ अर्षीय नर्मदेश्वर चौहान घाइते भएका थिए।
घाइते भाका चौहान सहित ३ जना बिरुद्द मृतकका बुवा र भाइले किटानी जाहेरी दिएपछि ३ जनालाई नै नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक केदार बस्नेतले बताउनु भयो। नियन्त्रणमा लिएका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय परासीमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Total Injured 1
Local Newspaper - Rupandehi , Local Newspaper - Chitwan

0 Comments

Related Reports