Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-12-10

Lumbini, Nawalparasi East, Kawasoti, Ward 3

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कावासोती नपा–३ का ३६ वर्षीय ओमराज श्रेष्ठलाई मङ्सिर २४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले मङ्सिर २४ गते बलात्कार गरेको भनी पीडित पक्षले सोही समय प्रहरीमा खबर गर्दै मङ्सिर २५ गते लिखित उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर २५ गते भरतपुर अस्पताल चितवनमा गरिएको प्रहरीले जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments