Incident Reports

मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

2018-12-11

Gandaki, Nawalparasi West, Palhi Nandan, Ward 1

२४ वर्षीया महिलालाई बेचबिखनका लागि भारततर्फ लैजाँदै गरेको आरोपमा प्रहरीले कपिलवस्तु जिल्ला वाणगङ्गा नगरपालिका–१० का ३० वर्षीय लक्ष्य दर्जीलाई मङ्सिर २३ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई नेपाल भारत सिमाना पाल्हीनन्दन गाउँपालिका–१ स्थित महेशपुर नाकाबाट उद्धार गरी आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका सई माधवप्रसाद भण्डारीले बताए ।


0 Comments