Incident Reports

नुवाकोटमा बलात्कारपछि वृद्धाको हत्या प्रयास

2018-12-11

Bagmati, Nuwakot, Bidur

नुवाकोट सदरमुकाममा मङ्गलबार मध्यराति एक वृद्धामाथि बलात्कार गरी हत्या प्रयास भएको घटना सार्वजनिक भएको छ ।

विदुर नगरपालिका-३ की महिला बेलकोटगढीस्थित माइतीबाट फर्कँदै गरेको अवस्थामा गाउँकै एक पुरुषबाट बलात्कृत भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भीमलाल भट्टराईले जानकारी दिए । 

राति १० बजे छिमेकी ५० वर्षीय रामशरण नेपालीले जबर्जस्तीकरणीपछि हत्या प्रयास गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालयमा बुधबार उजुरी दर्ता भएको छ । 

प्रहरीका अनुसार ती पुरुषले बलात्कार गरेपछि घटना सार्वजनिक हुने डरले वृद्धाको हत्या प्रयास गरेका थिए । तर, वृद्धा प्रतिकारका लागि हारगुहार गरेपछि हत्या हुनबाट जोगिएकी थिइन् ।

हाल उनको काठमाडौँस्थित वीर अस्पतालको ट्रमा सेण्टरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

यता अभियुक्त नेपालीलाई बुधबार नै नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिहेको र जिल्ला अदालत नुवाकोटमा मुद्दा दर्ताको तयारी गरिएको प्रहरीले बताएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Secondary Form Murder/attempted Murder
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
Total Raped 1
Female Raped 1
National/Online Media , INSEC , Local Newspaper - Jhapa

0 Comments