Incident Reports

रुपन्देहीमा ढुङ्गा प्रहार गरी युवकको हत्या

2018-12-13

Lumbini, Rupandehi, Butwal

बिहिवार रुपन्देहीको तिलोत्तम नगरपालिकामा एकजना युवाको शव फेला परेको छ । नगरपालिकाको वडा नम्वर ७ दल्गा भन्ने स्थानका २६ वर्षीय अशोक मुसहरको शव सोही वडाको खेतमा फेला परेको हो ।

शव हेर्दा हत्या भएको आशंका गरेपछि अनुसन्धान गर्दै जाँदा हत्याको अभियोगमा सोही स्थानका २२ वर्षीय शिवपुजन चौधरीलाई पक्राउ गरिएको रुपन्देहीका जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक ह«दय थापाले जानकारी दिएका छन् ।

उनका अनुसार चौधरीले मुसहरलाई ढुङ्गाले टाउकोमा प्रहार गरि हत्या गरेको स्वीकार गरिसकेका छन । बुधवार राती साउण्ड सिस्टमका बिषयलाई लिएर ती दुई जनाबीच झगडा परेको थियो । लगत्तै पुजनले अशोकलाइ घर जाउँ भनि अलि पर खेतमा ल्याई टाउकोमा ढुङ्गा प्रहार गरी हत्या गरेको स्वीकार गरेका छन् ।

निजलाई ईलाका प्रहरी कार्यालय बुटवलको नियन्त्रणमा राखी अनुसन्धान प्रकृया अगाडि बढाईएको त्यहाँका प्रमुख डिएसपी डिलबहादुर मल्लले जानकारी दिए । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports