Incident Reports

वैवाहिक बलात्कार गरेको आरोपमा उजुरी दर्ता

2018-12-14

३३ वर्षीया महिलालाई ३३ वर्षीय पतिले आफ्नो इच्छा विपरीत मङ्सिर २८ गते राति बलात्कार गरेको आरोपमा मङ्सिर २९ गते इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा पीडितले उजुरी दर्ता गराएकी छिन् ।

आफनो जातीय परम्परा अनुसार ०६१ सालमा विवाह भई १३ वर्षीय र ६ वर्षीय दुई जना छोराको जायजन्म भएकोमा पतिले मादक पदार्थ सेवन गरी कुटपिट गरी बलात्कार गरेको पीडित महिलाको आरोप छ ।

पीडित महिलालाई यसअघि पनि यसरीनै कुटपिट गरी बलात्कार गर्ने गरेको र महिनावारी हुँदा समेत बलात्कार गर्ने गरेकोमा वैवाहिक बलात्कारको कानुनको बारेमा जानकारी नभएकाले यसअघि उजुरी नदिएको पीडितले बताइन् ।

पीडित महिलाको स्वास्थ्य परीक्षण चन्द्रनिगाहपुर अस्पतालमा मङ्सिर २९ गते गरिएको छ । आरोपितलाई मङ्सिर २९ गते नै गिरफ्तार गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी युवराज खड्काले बताए ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments