Incident Reports

रकम निकासाको विषयलाई लिएर वडा अध्यक्ष र वडा सदस्यबिच कुटाकुट

2018-12-17

Madhes, Bara, Kalaiya, Ward 12

कलैया उपमहानगरपालिका–१२ का वडा अध्यक्ष राजेश्वरप्रसाद केशरी र वडा सदस्य लक्ष्मी साह तेली बिच धर्मनगरगाउँको सडकमा पुस १ गते विहान गालिगलौच र कुटाकुट भएको छ ।

सडक मर्मत गर्न वडा कार्यालयले ५० हजार रुपियाँ मात्र निर्णय गरेको थियो । तर, वडा अध्यक्षले ५० हजार रुपियाँ लेखेको ठाउँमा एउटा शुन्य थप गरी ५ लाख रुपियाँ बनाएको वडा सदस्य लक्ष्मी साह तेलीको आरोप छ । वडा अध्यक्षले ४ लाख १५ हजार रुपियाँ निकाशा गरिसकेको वडा सदस्य तेलीले बताए ।

कलैया उपमहानगरपालिकाका इञ्जिनियर राजकुमार साह र ओभरसियर चन्द्रशेखर कुशवाहासँग नाला र सडकको लागत स्टमेटका विषयमा कुरा गरिरहँदा वडा अध्यक्षले अपशब्द प्रयोग गरेकाले विवाद भएको जनाइएको छ ।

स्थानीय काजल र महल इँटा उद्योगले निःशुल्क रूपमा इँटाका टुक्रा सडकमा खसालेको रनिङ् विल देखाएर वडा अध्यक्षले ४ लाख १५ हजार रुपियाँ लिइसकेको वडा सदस्य तेलीको आरोप छ । उनले उक्त कामको छानबिन गरी कारवाही गर्न माग गरेका छन् ।

कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादवले घटनाको विषयमा आफूलाई जानकारी नभएको र यो विषय पत्ता लगाई समाधान गर्न पहल गर्ने बताए । यस घटनामा नगरपालिकामा जानकारी गराएपनि बेवास्ता गरेको वडा सदस्य साह तेलीको आरोप छ ।

भोलानाथ पौडेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Fight
Weapons None
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
INSEC

0 Comments