Incident Reports

गुड्दै गरेको यात्रुवाहक बसमा ढुङ्गा प्रहार l

2013-11-12

Dipen Neupane पूर्वपश्चिम लोकमार्गको शनिश्चरे गाविसस्थित सडकखण्डमा गुडिरहेको एउटा बसमा अज्ञात समूहले कात्तिक २६ गते जङ्गलबाट ढुङ्गा प्रहार गरी क्षति पुर्‍याएको छ । इलाका प्रहरी कार्यालय पथरीका प्रमुख इन्स्पेक्टर वुद्ध श्रेष्ठका अनुसार, काकडभिट्टाबाट धरानतर्फगइरहेको ना ५फ १९२ नम्बरको यात्रुवाहक बसमा जङ्गलबाट अज्ञात समूहले ढुङ्गा प्रहार गरेर क्षति पुर्‍याएको थियो । ढुङ्गा प्रहारबाट बसको पछिल्लो भागको सिसा फुटेर क्षति पुगेको हो । बसभित्र रहेका यात्रु सकुसल रहेका छन् । बस प्रहरीको गस्ती टोलीले स्कटिङ गरिरहेको थियो । बन्दकर्ताहरूले ढुङ्गा प्रहार गरेको प्रहरीको आशंका रहेको छ । घटनामा संलग्न कसैलाई पनि गिरफ्तार गर्न सकिएको छैन । दीपेन नेउपाने

0 Comments

Related Reports
Related Trend Analysis