Incident Reports

हतियारसहित सशस्त्र समूहका एरिया इन्चार्ज गिरफ्तार l

2013-11-12

Madhes, Saptari, Hanumannagar Kankalini

Manohar Kumar Pokharel संविधानसभाको निर्वाचन बहिष्कार गर्ने नीति लिएको सशस्त्र भूमिगत समूह अखिल तराई मुक्ति मोर्चाका एरिया इन्चार्ज गोबरगाढा गाविस-३ का २५ वर्षीय प्रदीपकुमार मुखियालाई प्रहरीले कात्तिक २६ गते हतियारसहित गिरफ्तार गरेको छ । सुरक्षाको दृष्ट्रिले अन्यन्तै संवेदनशील गाविसका रुपमा रहेको गोबरगाढा गाविस-३ स्थित मुखियाको घरबाटै उनलाई हतियारसहित गिरफ्तार गरेको प्रहरीले जानकारी दिएको छ । मुखियाको साथबाट एक थान सकेट बम, एक थान कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने दुई राउण्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामसिंह चौधरीले जानकारी दिए । तराईमा सशस्त्र आन्दोलन गर्दै आएको भूमिगत समूह अखिल तराई मुक्ति मोर्चाका केन्द्रीय संयोजक जयकृष्ण गोइतले आगामी संविधानसभाको निर्वाचन बहिष्कार गर्ने बताएका छन् । गोइत नेतृत्वको मोर्चाले संविधानसभाको पहिलो निर्वाचन २०६४ सालमा पनि बहिष्कार गरेका थिए भने आगामी निर्वाचनको पनि सशक्त विरोध गर्ने बताउँदै आएका छन् । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis