Incident Reports

कांग्रेस सभापतिको घरमा झुण्डिएर मरिन १४ बर्षीय बालिका राधिका तिमिल्सिना !

2018-12-14

Province 1, Udayapur, Belaka, Ward 4

नेपाली काँग्रेस नगर सभापतिको घरमा १४ वर्षीया बालिका झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन् । कांग्रेस नेता बेलकानगर सभापति सुशील सेडाईको घरमा पढ्न बसेकी बेलका नगरपालिका–४ की राधिका तिमिल्सेना झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन ।इलाका प्रहरी कार्यालय रामपुरले शुक्रवार ३ बजेको समयमा सेडाईको घरमा बालिकाको मृत्यु भएको जनाएको छ । घरमा पढ्न बसेकी बालिका कोठामा मृत अवस्थामा रहेको भन्ने खबर पाएपछि त्यहाँ पुग्दा झुण्डीएको अवस्थामा फेला पारेको प्रहरीले बताएको छ ।


इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक नवीन सिंहका अनुसार बालिकाको शव पोस्टमार्टमको लागि बेल्टार स्वास्थ्य केन्द्रमा राखिएको जानकारी दिनुभएको छ ।बुबा बेपत्ता र आमा वैदेशिक रोजगारीमा रहेकी राधिका विगत दुई वर्ष देखि सेडाईको घरमा बस्दै आएकी मृतककी ठुलो बुबा कुमार भन्ने कविराज तिमिल्सेनाले जानकारी दिए । ‘आफू सुत्ने पलङ नजिक डोरीले पासो लगाएको अवस्थामा थिइन ।ठुलो बुबा तिम्सिनाले भने ‘बालिकाको घटना प्रकृति मुचुल्का गर्दा यौनीबाट अलिकति रगत निस्किए र खुट्टाले भुईँ छोएको अवस्था थियो ।’ बालिकाको आत्मा हत्या नभएर बलात्कारपछि हत्या हुन सक्ने आशङ्का आफन्तले गरेको छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Other
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments