Incident Reports

शिक्षकको कुटाइबाट विद्यार्थी घाइते

2018-12-17

Karnali, Dailekh, Dullu

दैलेखको एक गरुकुल विद्यापीठमा शिक्षकले कुटेर विद्यार्थीको खुट्टा भाँचिदिएका छन् ।

दुल्लु नगरपालिका नाभिस्थानमा सञ्चालित पञ्चकोसी विद्या श्रमका शिक्षक खगेन्द्र बजगाईंले १३ बर्से बालक सुरेन्द्र हमाललाई कुटेका हुन् ।

गृहकार्य गर्न नसकेको भन्दै सोमबार शिक्षक बजगाईंले वेदको लौरोले कुटेर सुरेन्द्रलाई घाइते बनाएका थिए । बालकका अभिभावकले घटना थाहा पाउने डरले चोट लाग्दा पनि शिक्षक बजगाईंले उपचारका लागि जान दिएका थिएनन् ।

सुरेन्द्रसँगै पढ्ने नवराज खनालको सहयोगमा विद्या श्रमबाट भाग्न सफल भएपछि यो घटना बाहिर आएको हो । उक्त विद्यापीठमा आवासीय रूपमा पठनपाठन हुँदै आएको छ ।

दुल्लु अस्पतालमा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि नेपालगन्ज लगिएको छ । एक्सरे हेर्दा भाँचिएको आशंका भएपछि नेपालगन्ज रिफर गरिएको दुल्लु अस्पताल प्रमुख पूजा विसीले बताइन् ।

 दुल्लु अस्पतालले भाँचिएको भनी बताए पनि नेपालगन्ज अस्पतालले नभाँचिएको भनेपछि आफूहरू छक्क परेको सुरेन्द्रका काका पूर्णप्रसादले बताए । बालक कुट्ने विद्यापीठका प्रधानाध्यापक बजगाईं र अर्का शिक्षक दीपक पाण्डे बालकको उपचार गराउने भन्दै नेपालगन्ज पुगेपछि घटना रहस्यमय बनेको छ ।

विद्यापीठ व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद उपाध्याय र सदस्यसचिव दुल्लु नगर शिक्षा शाखा स्रोतव्यक्ति शिवराज खड्काले पीडित पक्षलाई आफूहरूविरुद्ध उजुरी नगर्न दबाब दिएका बालकका आफन्तले बताएका छन् ।

सिकाउने नाममा दिनहुँ कुट्ने, अपशब्द बोल्ने तथा शिक्षकको दुव्र्यवहार खप्न नसकेपछि विद्यापीठका ६ जना बालबालिकाले एकैसाथ विद्यालय छाडेका छन् । बालक कुटिएको विषयमा मुद्दा दिन पीडित पक्षलाई विद्यापीठ व्यवस्थापन समितिले रोकेर बालकको उपचारमा सहयोग गरिदिने आश्वासन दिएको बुझिएको छ ।

जिल्ला प्रहरी प्रमुख डीएसपी ठाकुरप्रसाद पोखरेलले प्रहरीलाई ढिलो खबर आएकाले घटनाको अनुसन्धानमा ढिलाइ भएको बताए । सञ्चालनको दुई वर्ष पुगे विद्यापीठमा गैरदलित मात्र पढ्छन् । दलित बालक पनि पढ्न पाउनुपर्ने दलित अधिकारकर्मीले माग गरे पनि बेवास्ता हुँदै आएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media

0 Comments