Incident Reports

एके–४७ का ३८५ गोली र ६ थान राइफल बरामद l

2013-11-13

जाजरकोट— एक महिना अघि ४५ थान राइफल भेटिएको स्थान नजिकै प्रहरीले फेरि बुधवार राति ६ थान थ्रीनट थ्री राइफल फेला पारेको छ । खलंगा ८ पिपेको रानीवन जंगलमा प्लाष्टिकमा बेरेर राखेको अवस्थामा ६ थान थ्रीनट थ्री राइलफ र अत्याधुनिक हतियार एके–४७ को ३८५ राउन्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ। उक्त गोलीहरु प्रहरी र सेना कसैले पनि प्रयोग गर्ने नगरेको प्रहरीले जनाएको छ। ७१७५ लेखिएको उक्त गोलीहरु कस्ले प्रयोग गर्ने गरेको हो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरी प्रमुख डिएसपी चक्रबहादुर सिंहले बताए। बिहीबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएका उक्त हतियारहरु माओावादीको तत्कालीलन जीत स्मृति ब्रिगेडका नाममा दर्ता भएका छन्। स्थानीयको विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी चक्रबहादुर सिंहको नेतृत्वमा गएको प्रहरीको टोलीले उक्त हतियार बरामत गरेको थियो। जनयुद्धका बेला माओवादीले प्रयोग गरेर ४५ थान थ्री नट थ्री राइफल तथा एक थान टुइन्च मोर्टार समेत एक महिना अघि बरामद गरेको थियो । उक्त हतियार वैद्य पक्षले लुकाएको हुन सक्ने एमाओवादीको भनाइ छ । वैद्य पक्षको राम्रो पकड रहेको भनिएको पिपे क्षेत्रमा हतियार भेटिएपछि चुनावी सुरक्षामा चुनाती थपिएको अनुभव गरिएको छ । गत शुक्रबार सोही स्थानबाट एकिकृत माओवादीका जिल्ला नेता अपहरणमा परेर ३ दिनपछि मुक्त भएका थिए।

0 Comments

Related Reports
Related Trend Analysis