Incident Reports

श्रीमति करणीको आरोपमा ताप्लेजुङका १ युवा पक्राउ

2018-12-19

Province 1, Taplejung, Sirijangha, Ward 2

आफ्नै श्रीमतिलाई करणी गरेको कसुर आरोपमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले २४ वर्षिय एक पुरुषलाई पक्राउ गरेको छ। सिरीजङ्घा गाउँपालिका वडा नम्बर ४ तेल्लोकका उनलाई इलाका प्रहरी कार्यालय दोभानका प्रहरी निरीक्षक बिनोद निरौलाको कमाण्डमा खटिएको प्रहरी टोलीले आठराई त्रिबेणी गाउँपालिका वडा नम्बर ४ चाँगेबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका निमित्त प्रमुख,प्रहरी निरीक्षक हेमन्त भण्डारी क्षेत्रीका अनुसार पक्राउ परेका ति युवकलाई ताप्लेजुङ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको छ। सिरीजङ्घा गाउँपालिका वडा नम्बर २ आम्बेगुदिन बस्ने श्रीमतिको जाहेरीका आधारमा ति युवकलाई पक्राउ गरिएको प्रहरी निरीक्षक क्षेत्रीले जानकारी दिए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , Local Newspaper - Jhapa

0 Comments