Incident Reports

मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

2018-12-21

१७ वर्षीया बालिका र १८ वर्षीया युवतीलाई ललाईफकाई विक्रीको लागि भारत लैजान लागेको आरोपमा प्रहरीले तादी गाउँपालिका–२ का २५ वर्षीय कान्छा तामाङ र सोही वडाका २५ वर्षीय बुद्धिमान तामाङलाई पुस ६ गते गिरफ्तार गरेको छ ।

पीडित द्वयलाई रोजगारीको प्रलोभन देखाएर भारत लैजान लागेको आरोपमा गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

आरोपितहरूलाई मानव बेचबिखन तथा ओसारपसार आरोपमा उजुरी दर्ता गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भीमलाल भट्टराईले जानकारी दिए ।

0 Comments