Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-12-11

Madhes, Saptari, Hanumannagar Kankalini, Ward 4

१५ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको आरोपमा प्रहरीले हनुमाननगर कङ्कालिनी नपा–४ मधवापुरका २० वर्षीय प्रविणकुमार यादवलाई प्रहरीले पुस ४ गते गिरफ्तार गरेको छ ।

आरोपितले ०७५ मङसिर २५ गते गाउँघरबाटै पीडितलाई ललाईफकाई अपहरण गरी सुनसरीको इटहरी पुर्‍याई बलात्कार गरेको भन्दै पीडितका बुवाले जिल्ला प्रहरी कार्यालय सप्तरीमा पुस ३ गते उजुरी दिएका छन् ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा पुस ३ गते गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयले पुस ४ गते बलात्कारको उजुरी दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाएको इन्स्पेक्टर गुरुप्रसाद तिमल्सिनाले बताए ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments