Incident Reports

स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2018-12-24

Lumbini, Kapilbastu, Shivaraj, Ward 11

शिवराज नगरपालिका-११ मा रहेको थुन्हिया स्वास्थ्य चौकीको बर्थिङ्ग सेन्टरमा कार्यरत अनमी ३० वर्षीया उषा केसीलाई पुस ९ गते राति ११ बजे सोही नपा-९का ३५ वर्षीय मोहबुज मुसलमानले स्वास्थ्यचौकीको ढोका फोरेर हातपात गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जानकारी दिएको छ ।

रात्रीकालीन सिफ्टमा काममा रहेकी रहेकी केसीलाई आरोपितले कुटपिट गर्दा पीडितको बायाँ हात भाँचिएको छ ।

फरार रहेका मुसलमानलाई थुन्हियाको बनढिहवाबाट पुस १० गते गिरफ्तार गरिएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

अनमी केसीमाथि भएको कुटपिट र दुर्व्यवहार घटनाको विरोधमा शिवराज नगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीले विरोध जनाएका छन ।

थुन्हिया स्वास्थ्य चौकीमा रहेको वर्थिङ्ग सेन्टर अर्को व्यवस्था नहुन्जेलसम्म बन्द रहने र चनई स्वास्थ्य चौकीबाट सेवा प्रवाह गरिने शिवराज स्वास्थ्य शाखा प्रमुख विष्णु क्षेत्रीले जानकारी दिएका छन ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC , National/Online Media

0 Comments

Related Reports