Incident Reports

नेविसंघ बैठकमा खुकुरी प्रहार, एक घाइते

2018-12-26

Madhes, Parsa, Birgunj

 नेपाली कांग्रेसको भातृ संगठन नेपाल विधार्थी संघ (नेविसंघ) का कार्यकताहरुको आपसी विवादमा खुकुरी प्रहार भएको छ।नेविसंघको पर्सा जिल्ला अधिवेशनको विवादित विषयलाई समाधान गर्न बुधबार भएकाे छलफलमा दुई गुटमा विभाजत रहेका कार्यकर्ताहरुबीच खुकुरी हानाहान भएको हो।

खुकुरी प्रहारबाट ठाकुरराम बहुमुखी क्याम्पसका नेविसंघ इकाइ उपाध्यक्ष समीर अन्सारी घाइते भएका छन्। टाउकाेमा चाेट लागेका अन्सारीको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भैरहेकाे नेविसंघका क्याम्पस इकाइ अध्यक्ष मनोज साहले बताए। नेविसंघकै रोशन सिंहले खुकुरी प्रहार गरेको साहको आरोप छ। घटनापछि बुधबार साँझ पार्टी कार्यालयमा तनाव जारी छ। पार्टी कार्यालयमा तीन जना प्रहरी निरिक्षकको नेतृत्वमा करिब एक सयको संख्यामा प्रहरी परिचालन गरिएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people 5
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth youth
Total Injured 1
National/Online Media , Local Newspaper - Parsa

0 Comments