Incident Reports

मोटरसाइकल दाइजोमा नल्याएको आरोपमा घर निकाला

2018-05-28

Province 1, Sunsari, Barju, Ward 6

दाइजोमा मोटरसाइकल नल्याएको आरोपमा २२ वर्षीया हसबुल खातुनलाई उनको परिवारले सात महिनाअघि घरबाट निकाला गरी दिएपछि आफू विचल्लिमा परेको पीडितले गुनासो गरेकी छिन् ।

भारतको अररीया जिल्ला पतराहा ग्राम पञ्चायतबाट बर्जु गाँउपालिका–६ मा चार वर्षअघि विवाह गरी ल्याइएकी पीडितले घरपरिवारले दाइजोमा मोटरसाइकल नल्याएको आरोपमा घरबाट निकाला गरेको आरोप लगाइन् ।

उनले मुस्लिम परम्परा अनुसार विवाह गरेको र विवाह अघि ६० हजार रुपियाँ नगद र २ लाख रुपियाँ बराबरको जिन्सी सामान माग बमोजिम दिएपनि सात महिनाअघि मोटरसाइकल ल्याउन दबाब दिँदै २४ वर्षीया पति रियाज अन्सारी, ४४ वर्षीया सासू हरिला खातुन, ४६ वर्षीया ससुरा मुसा अन्सारी र २७ वर्षीया जेठानी सुविदा खातुनले घरबाट निकाला गरेको गुनासो गरिन् ।

शर्त अनुसार सबै कुरा दिएर विवाह गरेको भएपनि मोटरसाइकल ल्याउन दबाब दिँदै छोरीलाई घरपरिवारले निकाला गरीदिएको पीडितका बावु तैयुब मियाँले बताए ।

पीडितले उनका बावुलाई घरपरिवारले मोटरसाइकलको माग गरेको बताएपछि पीडितका बावुले दिन नसक्ने भनी जबाफ दिएका थिए ।

सात महिनायता माइतीमा बस्दै आएकी छोरी मानसिक रूपमा विक्षिप्त बनेको बावु तैयुव मियाँले बताए ।

छोरीको अवस्था नाजुक भएकाले पटक–पटक गाँउघरमा पञ्चायत बसी समस्या समाधानका लागि प्रयास गरेपनि सफल नभएको पीडितका बावुले बताए ।

उनले पञ्चायत बस्दा छोरीका परिवारले सहमति जनाउने र सोही दिनबाट फेरि शारीरिक यातना दिनुका साथै मानसिक तनाब दिने गरेको बताए ।

समस्या समाधानका लागि प्रहरीमा उजुरी दिएपनि प्रहरीले मिलापत्र गरी पठाउने भएकाले छोरीले न्याय पाउन नसकेको तैयुब मियाको भनाई छ ।

एक वर्ष अघिदेखि रोजगारीका क्रममा पति कतारमा रहेका कारण सम्बन्ध विच्छेद गर्न नसकिएको पीडितको भनाई छ ।

पीडित खातुनले न्यायका लागि स्थानीय सरकार, प्रशासन र मानव अधिकारकर्मीलाई आग्रह गरेकी छिन् ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Banishment/shunning
Primary Cause Related to disputes over dowry
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
INSEC

0 Comments