Incident Reports

उम्मेदवारलाई लक्षित गरी बम प्रहार l

2013-11-12

INEC Mid-western regional office दाङ क्षेत्र नं ३ बाट राष्ट्रिय जनमोर्चाका तर्फबाट उम्मेदवार कृष्णा राना र उनको प्रचार टोलीलाई लक्षित गरी बम बिष्फोट गरिएको राष्ट्रिय जनमोर्चा दाङले जनाएको छ । चुनाव प्रचारका क्रममा घोराही नपा-२ कर्जाहीन गएको अवस्थामा आफूलाई नेकपा-माओवादी बताउने चार जनाको समूहमा आएका व्यक्तिले कात्तिक २६ गते साँझ करिब ५ बजे दुई पटक बम बिष्फोट गराएको राष्ट्रिय जनमोर्चाका पूर्व केन्द्रीय सल्लाहकार सुरेश थापाले जानकारी दिए । उम्मेदवार राणा र उनको प्रचार टोलीदेखि करिव १० देखि १५ मिटरको दुरीमा बिष्फोट गराए तापनि कुनै क्षति नभएको थापाले बताए । ग्रिनेट फालेका जस्तै गरी फालेका हुन तर केही क्षति भएन थापाले भने । सो समूहले आफूहरूको चुनावमा प्रयोग गरेका सामाग्री समेत च्यातेर फालेको राष्ट्रिय जनमोर्चाले बताएको छ ।

0 Comments

Related Reports