Incident Reports

झडपमा घाइते साहको मृत्यु

2018-11-17

Madhes, Rautahat, Gaur, Ward 8

गौर नगरपालिका पुरेनवा निवासी बेदामी साहको बुधवार मृत्यु भएको छ। विरगंजस्थित निउरो हस्पिटलमा उपचारको क्रममा साहको मृत्यु भएको हो।

विद्यालय जाने छात्राहरुलाई जिस्काएको निहुँमा येही मंगसिर १ गते झडप हुँदा पाँचजना घाइते भएका थिए। घाइतेमध्ये साहलगायत तिनजनाको अवस्था गम्भीर थियो।  

गौर नगरपालिका-८ पुरेनवाबाट विद्यालय पढ्न आउने छात्राहरुलाई बरहवा खोलास्थित झुलेंगे पुलमा वाडा नम्बर ५ का केहि केटाहरु बसेर जिस्काउने गरेका थिए। 

छात्राहरुले आआफ्नो अभिभावकलाई भनेपछि केटाका अभिभावकलाइ सम्झाउन जाँदा वादविवाद भई झडप भएको थियो। 

झडपमा परि छात्रापक्षका वडा नम्बर ८ पुरेंवाका ५० वर्षीय बदामी साह, २८ वर्षीय शिकारचन राम र २४ वर्षीय अनिल साह सहित ५ जना घाइते भएका थिए। घाइतेमध्ये बदामीको टाउकोको हड्डी भाँचिएको, राम र साहको पनि टाउकोमा चोट लालागेको थियो। उनीहरुलाई उपचारको लागि बिरगंज पठाइएको थियो।आज साहको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक केदार ढकालले सातजनामाथि किटानी जोहेरी रहेकोमा एकजनालाई पक्राउ गरेको बताउंदै फरार ६ जनाको खोजतलास जारि रहेको बताए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 7
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 5
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Total Injured 5
Youth Injured 1
Local Newspaper - Parsa

0 Comments

Related Reports