Incident Reports

नेकपा-माओवादीका कार्यकर्ता गिरफ्तार l

2013-11-14

DM Chamling Rai निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा प्रहरीले नेकपा-माओवादीका जिल्ला स्तरीय सदस्यलाई कात्तिक २८ गते गिरफ्तार गरेको छ । प्रहरीले लफ्याङ गाविस-९ निवासी नेकपा-माओवादीका सचिवालय सदस्यद्वय ३३ वर्षीय प्रेम कटुवाललाई घरबाट र खाल्ले गाविसका ३० वर्षीय प्रवचन राईलाई जिल्ला प्रहरी कार्यालय परिसरबाट गिरफ्तार गरेको हो । संविधानसभा सदस्य निर्वाचनको विपक्षमा रहेको उनिहरूलाई गृह मन्त्रालयको आदेश अनुसार निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा गिरफ्तार गर्नु परेको जिल्ला प्रहरी कार्यालय दिक्तेलका इन्सपेक्टर दुर्गाराज रेग्मीले बताए । गिरफ्तारमा परेका दुवैजनालाई प्रहरी हिरासतमा जिल्ला प्रहरी कार्यालय दिक्तेलमा राखिएको छ । यसैगरी, नेकपा-माओवादीका जिल्ला सह-सेक्रेटरी दिक्तेल गाविस-४ निावसी ५४ वर्षीय देवीप्रसाद रिजाल, जिल्ला सचिवालय सदस्य चिउरीडाँडा गाविस-१ निवासी २९ वर्षीय राजेन्द्र राई र जिल्ला सदस्य मात्तिमविर्ता गाविस-३ निवासी ३४ वर्षीय सूर्यधन तामाङलाई पनि कात्तिक २८ गते प्रहरीले गिरफ्तार गरको छ । संविधानसभा सदस्य निर्वाचनको विपक्षमा रहेका उनिहरूलाई गृहमन्त्रालयको आदेश अनुसार गिरफ्तार गर्नुपरेको जिल्ला प्रहरी कार्यालय दिक्तेलका डिएसपी गोविन्दकुमार शाहले बताए । डिएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis