Incident Reports

धरानका निर्माण व्यवसायी भट्टराई सम्पर्क विहीन

2019-01-08

Province 1, Sunsari, Dharan

सुनसरीको धरान उपमहानगरपालिका–१४ निवासी निर्माण व्यवसायी अनोज भट्टराई बेपत्ता भएका छन् ।सोमवार सडक डिभिजन कार्यालय विराटनगरमा ठेक्का पावतको रकम भुक्तानी लिन घरबाट गएका उनी अहिलेसम्म सम्पर्कमा छैनन् ।मंगलवार बिहान ८ बजेदेखि घरबाट निस्किएका अनोजको मोबाइल फोन झापाको मेचिनगर नगरपालिका स्थित नेपाल–भारत सिमानाको काकडभिट्टाबाट अफ भएको बताइएको छ । मंगलवार १२ बजे अनोजकै मोबाइलबाट श्रीमतीको मोबाइलमा अनोज मसँग छ, पछि कल गरौला बाई’ भन्ने मयाजेस आएको बुवा रमेश भट्टराईले बताएका छन् ।अनोज बेपत्ता भएपछि अपहरणको आशंकामा परिवारले खोजतलास गर्न इलाका प्रहरी कार्यालय धरानमा जाहेरी दिएको छ ।निर्माण व्यवसायी अनोज बेपत्ता भएको जाहेरी परेपछि इलाका प्रहरी कार्यालय धारन र प्रहरीको प्रदेश कार्यालयबाट विशेष टोली खोजतलासमा परिचालन गरिएको धरानका डिएसपी सुमन तिम्सिनाले बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Kidnapping for ransom
Actor 1 - Number of people N
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Abducted 1
National/Online Media

0 Comments

Related Reports