2019-01-06
धनुषाको मिथिला नगरपालिका २ मा भएको एउटा बलात्कारको घटना राजनीतिकर्मीको दवावमा सोमवार मिलापत्र भएको छ ।
पीडित परिवारलाई धम्क्याएर बलात्कारको घटना मिलापत्र गराईएको हो । दुईदिन अगाडी त्यहाँकी एक १५ वर्षिया बालिकालाई स्थानीय अशोक भन्ने ज्ञान महराले फकाएर घर लगेका थिए । बेलुकी ५ बजे बालिकालाई अशोकले आफ्नो घर लगे । पछि आफ्न्तले बालिकालाई खोजी गरिरहेका बेला अशोकले बालिकालाई राति १० बजे घर फर्काएका थिए ।
मोवाइल दिएर फकाई अशोकले बालिकालाई घर लगी बलात्कार गरेको पीडित परिवारको भनाई छ । पीडित परिवारले बलात्कार गर्ने अशोक विरुद्ध प्रहरीमा उजुरी दर्ता गराउने चर्चा चलेपछि पीडित परिवारलाई घटना प्रहरीसम्म नपुर्याउन दबाब दिईएको बताईएको छ ।
पीडित बालिकाका बुवा वैदेशिक रोजगारीको क्रममा कतारमा छन् । घरमा पुरुष नभएकै कारण पीडितकी आमा डरले घटना मिलापत्र गर्न तयार भएको स्थानीय एक युवाले बताए । उनका अनुसार छलफलमा बलात्कार गर्ने युवकबाट ११ हजार जरिबाना गरेर घटना मिलाइएको हो ।प्रहरीले घटनाबारे जानकारी नभएको बताए ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Sexual Assault |
Weapons | None |
Primary Cause | Rape/sexual assault |
Actor 1 - Number of people | 1 |
Actor 1 - Affiliations | Citizen/Individuals |
Actor 1 - Youth | youth |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | Citizen/Individuals |
Actor 2 - Youth | youth |
Total Raped | 1 |
Female Raped | 1 |
Youth Raped | 1 |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
COCAP BIWEEKLY: INCIDENTS SURROUNDING COVID-19 MARCH 1 - 15, 2021
March 25, 2021
GBV / Governance / Covid-19