Incident Reports

एमाओवादीद्वारा काङ्ग्रेस कार्यकर्तालार्य चक्कु प्रहार l

2013-11-12

Raju Shakhya मजकोट गाविस-७ तैया निवासी काङ्ग्रेस कार्यकर्ता ३२ वर्षीय वीरेन्द्रबहादुर शाहीलाई कात्तिक २६ गते राती एमाओवादी कार्यकर्ताहरूले चक्कु प्रहार गरेका छन् । काङ्ग्रेस क्षेत्र नम्बर २ का सचिव समेत रहेका शाहीलाई सुतिरहेको अवस्थामा २०/२५ जनाको समूहमा आएका एमाओवादी कार्यकर्ताहरूले लाठी र चक्कु प्रहार गरेको काङ्ग्रेस क्षेत्र नम्बर २ का उम्मेदवार राजीव शाहले बताए । टाउको र शरीरमा चोट लागेका घाइते शाहीको स्थानीय उपस्वास्थ्य चौकीमा उपचार भइरहेको भए पनि अवस्था गम्भीर रहेको बताए । उनले स्थानीय प्रशासनले सुरक्षा र उपचारमा ढीलासुस्ती गरेको आरोप लगाएका छन् । एमाओवादी कार्यकर्ताहरूले मजकोट र कोरवाङ गाविसमा पटक/पटक आफ्ना कार्यकर्ताहरूलाई आक्रमण गरेको काङ्ग्रेस क्षेत्र नम्बर २ का सभापति वेदराज सिंहले बताए । एमाओवादीका जिल्ला संयोजक टेकबहादुर रावलले घटनामा पार्टीको हात नभएको जानकारी दिएका छन् । जिल्ला प्रहरी कार्यालयका डीएसपी चक्रबहादुर सिंहले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।

0 Comments

Related Reports
Related Trend Analysis