Incident Reports

पेस्तोल बरामद

2019-01-09

Madhes, Sarlahi, Haripurwa, Ward 9

सर्लाही, २५ पुस   हरिपुर्वा नगरपालिका-९ बसतपुरस्थितबाट मेड इन युएसए लेखेको २ थान पेस्तोल, म्याग्जिन २ थान र ६ राउण्ड गोली मंगलबार दिउसो प्रहरीले बरामद गरको छ ।  सोही नगरपालिका बस्ने जयनारायण यादवको घरमा छलफल भइरहेको अवस्थामा सोही नगरपालिका-७ बस्ने ३६ वर्षीय संजयकुमार यादवले ना.३१ प २२२९ नम्बरको मोटरसाइकलमा आई जयनारायण यादवलाई पेस्तोल निकाली ताक्न खोजेकोमा स्थानियवासीहरुले प्रतिकार गर्दा संजयकुमार यादवले उक्त हतियार फाली फरार भएको जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय केशरगंज र प्रहरी चौकी गौरीशंकरबाट संयुक्त रुपमा खटिएको प्रहरीले उक्त हातहतियार बरामद गरेको हो ।फरार संजयकुमार यादवको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

0 Comments

Related Reports