Incident Reports

पार्किङ गरिएको बसमा आगजनी l

2013-11-15

Madhes, Siraha, Sukhipur

दाङ कार्तिक २९ - तुलसीपुरमा आज विहान पार्किङ गरेको गाडीमा आगजनी भएको छ । विहान ३ बजेतिर मोटरसाइकलमा आएका दुईजना व्यक्तीले आगजनी गरेको गाडीधनी पृतम श्रेष्ठले जानकारी दिनुभएको छ । तुलसीपुर ५ पुरानो वसपार्कस्थित श्रेष्ठको घरअगाडि पार्किङ गरेको राप्ती सार्वजनिक यातायात व्यवसायी समितिको ना ३ ख ९६९६ नम्बरको बसमा आगजनी भएको हो । आगजनीबाट बसको भित्री भागमा पूर्णरुपमा क्ष्ाती पुगेको प्रहरीले बताएको छ । उक्त बस हिजो काठमाडौबाट प्रहरी स्कर्टिङमा आएकाले बन्दकर्ताले आगजनी गरेको हुनसक्ने प्रहरीको आशंका छ । दमकलले आगो निभाएकाले धेरै क्षति हुन नपाएको जिल्ला प्रहरी प्रमुख एसपी शरदकुमार खत्रीले बताए ।

0 Comments

Related Reports
Related Trend Analysis