2019-01-12
रुपन्देहीको शंकरपुरमा प्रहरीको गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । मृतक तस्कर समूहको एक सदस्य रहेको दाबी प्रहरीले गरेको छ ।
रुपन्देही प्रहरी प्रमुख हृदय थापाका अनुसार सिद्धार्थनगर नगरपालिका–१०, शंकरपुरमा गस्तीमा खटिएको प्रहरीमाथि भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार तस्करको समूहले गोली हानेको थियो । गोली लागेर एक जना प्रहरी जवान कृष्ण श्रेष्ठ घाइते भएका छन् । श्रेष्ठको बायाँ पाखुरामा गोली लागेको छ ।
त्यसपछि जवाफी कारबाहीमा एक जना तस्करको मृत्यु भएको प्रहरीको भनाइ छ । मारिनेमा करीब ३०/३५ वर्षका पुरुष छन् । मृतकको परिचय खुलेको छैन ।
प्रहरीको गोली लागेर घाइते भएका उनको अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी उपरीक्षक थापाले बताए । उनको शव पोष्टमार्टमका लागि भीम अस्पताल रुपन्देहीमा राखिएको छ ।
घटना राति करिब १२ बजे तिरको हो । भारतीय मोटरसाइकल युपी ५३ एच २०२८ मा आएका तस्करहरुलाई सादा पोशाकका प्रहरीले रोक्न खोज्दा उनीहरुले प्रहरीमाथी नै गोली चलाएको प्रहरी उपरीक्षक थापाकाे भनाइ छ ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Twosided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Group Clash |
Weapons | None |
Primary Cause | Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.) |
Actor 1 - Number of people | 2 |
Actor 1 - Affiliations | Criminal |
Actor 1 - Youth | unknown |
Actor 2 - Number of people | 10 |
Actor 2 - Affiliation | Police |
Actor 2 - Youth | unknown |
Total Killed | 1 |
Total Injured | 1 |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
The Nepal Peace Monitor Annual Review: 2019
May 24, 2020
GBV / Political / Dalit / Human Rights / Interpersonal Violence / Governance