Incident Reports

जोशीमाथि आक्रमण गर्नेलाई कारवाहीको माग

2019-01-11

Bagmati, Kathmandu, Kathmandu

 अनेरास्ववियुले अमृत साइन्स क्याम्पसका आफ्ना नेता कमलराज जोशीमाथि आक्रमण गर्नेलाई कारवाही गर्न माग गरेको छ । अनेरास्ववियुका महासचिव ऐन महरले आज विज्ञप्ति जारी गदै जोशीमाथि आक्रमण गर्नेलाई कारवाहीको माग गर्नु भएको हो । शुक्रबार दिउँसो क्याम्पसमा रहेका बेला जोशीमाथि रड प्रहार गरिएको उनले जानकारी दिए । टाउकोमा गम्भीर चोट लागेको उनको अहिले ठमेलस्थित मनमोहन अस्पतालमा उपचार भइरहेको छ । काठमाडौं महानगरीय प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले सिसीटिभी क्यामेराबाट फुटेज सङ्कलन गरी रड प्रहार गर्नेको खोजी कार्य भइरहेको जानकारी गराए । उनका अनुसार तीन चार जनाको समूहमा आई जोशीमाथि रड प्रहार गरिएको थियो । प्रवक्ता बोगटीले क्याम्पसकै खेमबहादुर सिंहसँगको विवादमा जोशीमाथि रड प्रहार गरिएको बताए । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Injured 1
National/Online Media

0 Comments

Related Reports