Incident Reports

नेपाली काङ्ग्रेसको चुनावी साभामा अवरोध

2013-11-14

Chhatra Rimal तेह्रथुम । ०७० कात्तिक २८ गते नेपाली काङ्ग्रेस जिल्ला समितीले आयोजना गरेको चुनावी सभालाई नेकपा-माओवादी कार्यकर्ताले अवरोध गरेका छन् । सिम्लेको औँसीबजारमा कात्तिक २७ गते चुनावी सभालाई सम्बोधन गरेर आठराईको सक्रान्तिबजारमा क्षेत्रीय सभालाई सम्बोधन गर्न गएका नेपाली काङ्ग्रेस प्रत्यक्षतर्फका उम्मेरदवार तुलसी सुब्बा र जिल्ला सभापति गोविन्द ढुङ्गानालाई नेकपा-माओवादीका कार्यकर्ताले खाम्लालुङ्ग गाविसको जङ्गलमा रुख र ढुङ्गा राखेर बाटो अवरोध गरेका थिए । कात्तिक २८ गते बिहान सशस्त्र प्रहरीले बाटोको अवरोध हटाएपछि दिउँसो तिरमात्र कार्यक्रम स्थलपुगेका अभियान टोलीका सदस्य उद्धव तिम्सिनाले बताए । छत्र रिमाल

0 Comments

Related Reports