Incident Reports

सम्सीमा दिनभर सडक जाम

2019-01-13

Madhes, Mahottari, Samsi

क्षतिपूर्तिको माग गर्दै महोत्तरीको सम्सीमा स्थानीयहरुले दिनभर नै सडक जाम जारी राखेका छन् ।

आइतबार बिहानको समयमा टिप्परले एक स्थानीय बालकलाई ठक्कर दिँदा बालकको ज्यान गएपछि सडकमा तनाव भएको हो । बालको मृत्युको विरोधमा स्थानीयवासीले गौशाला-सम्सी सडकखण्डअन्र्तर्गत सम्सी गाँउपालिका-२ मा रहेकाे पर्सादेवाडमा गरेकाे सडक बन्दलाई जारी राखेका छन् ।

एकाबिहानै गौशालाबाट सम्सीतर्फ गइरहेको गिट्टी लोड भएको ना ७ ख ६४२७ नम्बरको टिप्परले ठक्कर दिँदा सम्सी गाउँपालिका-२ का ९ वर्षका शेख सदावको ज्यान गएको थियो । बालको ज्यान गएपछि मृतकका परिवारजनसहित स्थानीयहरुले क्षतिपूर्तिको माग गर्दै सडक अवरुद्ध पारेका हुन् ।

तत्कालै क्षतिपूर्ति पाउनुपर्ने मागमा अडिग भएपछि बाटो खुलाउन असमर्थ रहेको घटनास्थबाट इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक किशोर अचार्यले बताउनुभयाे । बाटो खुलाउनको लागि आफूहरुले गरेको प्रयास असफल भएपछि दिनभरि नै बाटो अवरुद्ध रहेको प्रहरी निरीक्षक अचार्यले जानकारी दिनुभयो ।

आइतबार बिहान ना ७ ख ६४२७ नम्बरको टिप्परको ठक्करबाट बालक शेख सदावको घटनास्थलमै ज्यान गएको थियो । यता ठक्कर दिने टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बालकको शवलाई पोष्टमार्टमको लागि जलेश्वर पठाइएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports