Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-01-12

Bagmati, Kabhrepalanchok, Dhulikhel, Ward 5

१४ वर्षीया बालिकालाई घरमा लगेर पटक–पटक बलात्कार गरेको आरोपमा प्रहरीले धुलिखेल नगरपालिका–५ का २१ वर्षीय सविन खड्कालाई पुस ३० गते गिरफ्तार गरेको छ ।

पीडितका आफन्तले पुस ३० गते जिल्ला प्रहरी कार्यालय धुलिखेलमा आरोपितविरूद्ध प्रहरीमा उजुरी दिएका थिए । पीडित बालिका दाजूलाई भेट्नका लागि काठमाडौं आउने क्रममा ०७५ साउन २ गते धुलिखेलको बसपार्कमा उभिएको अवस्थामा आरोपितले ‘छोरी जस्तै मान्छु’ भनी घरमा लगेर पटक–पटक बलात्कार गरेको उजुरीका उल्लेख छ ।

पीडितका आफन्तले पछिल्लो पटक पुस २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले प्रहरीमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस ३० गते प्रसूति गृह थापाथलीमा गरिएको छ । सन् २०१८ मा काभ्रेमा ३० ओटा बलात्कारका घटनामा १८ ओटा बालिका बलात्कारका घटना अभिलेखित छन् ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments