Incident Reports

हत्यामा संलग्न अभियुक्त पक्राउ

2019-01-12

Lumbini, Banke, Kohalpur, Ward 11

हत्यामा संलग्न रहेका अभियुक्त बाँके राप्तीसोनारी गाउँपालिका-२ राजापुर बस्ने २० वर्षीय युवराज गिरीलाई बर्दिया मदुवन नगरपालिका-३ स्थित थापा जंगलबाट बुधबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

बाँके कोहलपुर नगरपालिका-११ स्थित चौरमा सुर्खेत सिम्ता गाउँपालिका-४ बस्ने २३ वर्षीय दिपकसिंह ठकुरी गत पुस २८ गते घाँटी रेटेको अवस्थामा मृत फेला परेको घटनामा संलग्न अभियुक्त खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले गिरीलाई उक्त जंगलबाट नियन्त्रणमा लिने क्रममा भाग्न खोजेपछि गोली फायर गर्दा उनको वाँया खुट्टाको पिडौलामा लागेर घाइते भएका छन् । उनलाई उपचारको लागि मेडिकल कलेज कोहलपुर लगिएको र अवस्था सामान्य रहेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Police website , Local Newspaper - Banke

0 Comments

Related Reports