2019-01-16
Karnali, Rukum West, Aathbiskot
२८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले आठविसकोट नगरपालिका–१२ का ३३ वर्षीय ध्रुवराज केसीलाई माघ ३ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाइृ आरोपितले माघ २ गते बलात्कारको प्रयास गरेको भन्दै इलाका प्रहरी कार्यालय आठविसकोटमा माघ ३ गते उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डिएसपी सुमित खड्काले बताए ।
घरमा अरू कोही नभएको मौका छोपेर केसीले आफु सुत्ने कोठाको ढोका तोडफोड गरी भित्र प्रवेश गरेर आफुलाई कुटपिट गरेर बलात्कार गर्ने प्रयास गरेको पीडित महिलाको आरोप छ ।
प्रहरीले केसीलाई गिरफ्तार गरेर मेडिकल परीक्षण गर्दा अत्याधिक मदिरा सेवन गरेको र मदिराका कारण अत्यधिक बान्ता गरेपछि आठविसकोट नगर अस्पतालमा प्राथमिक उपचार गरेर थप उपचार गर्न नेपालगञ्ज पठाइएको डिएसपी खड्काले बताए ।
प्रहरीको निगरानीमा केसीलाई नेपालगञ्ज उपचार गर्न पठाएको र उपचारपछि दुवै पक्षबाट यथार्थ विवरण आएपछि मुद्दा प्रक्रिया अगाडि बढाइने उनको भनाई छ ।
मनिषा केसी
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Sexual Assault |
Weapons | None |
Primary Cause | Rape/sexual assault |
Actor 1 - Number of people | 1 |
Actor 1 - Affiliations | Citizen/Individuals |
Actor 1 - Youth | noyouth |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | Citizen/Individuals |
Actor 2 - Youth | noyouth |
Total Raped | 1 |
Female Raped | 1 |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
COCAP BIWEEKLY: INCIDENTS SURROUNDING COVID-19 MARCH 1 - 15, 2021
March 25, 2021
GBV / Governance / Covid-19