Incident Reports

संचारकर्मी ढकालको हत्यामा संलग्नसहित चारजना पक्राउ

2019-01-09

Bagmati, Makawanpur, Hetauda, Ward 1

पत्रकार मनोहर ढकालको हत्यामा संलग्न आरोपित दुईजनासहित मोबाइल र सुन खरिद गर्ने अन्य दुईजनालाई प्रहरीले पक्राउ गरी शनिबार सार्वजनिक गरेको छ ।

हेटौंडा ११ नवलपुर निवासी संचारकर्मी तथा शिक्षक मनोहर ढकालको हत्यामा संलग्नलाई शनिबार प्रहरीले सार्वजनिक गरेको हो । हेटौंडा १ भैरवडाँडाको जंगलमा हत्यामा संलग्न हुनेमा हेटौंडा ११ का १९ वर्षीय अनमोल पुडासैनी र मनहरी गाउँपालिका वडा नम्बर १ का १८ वर्षीय प्रविण वाइवा रहेको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भटराइले बताउनुभयो । 

प्रहरी निरीक्षक मधुकुमार थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले दश दिनसम्मको लामो अनुसन्धानपछि हत्यामा संलग्नलाई पक्राउ गरेको हो । ढकालको हत्या गरेर बिक्री गर्न ल्याएको मोबाइल खरिद गर्ने व्यवसायी भीमफेदी गाउँपालिका ६ का ३१ वर्षीय दिनेश थापा र सुनको औंठी खरिद गर्ने सुन व्यवसायी हेटौंडा २ का नारायणबहादुर सुनारलाईसमेत प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो । 

पत्रकार सम्मेलनमा घटनाका मूख्य अभियुक्त पुडासैनीले आफूले ढकाललाई कुटपीट गर्दै धकेलेर हत्या गरेको स्वीकारेका छन्  ।

हत्यामा संलग्नलाई मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद १२ को ज्यानसम्बन्धी कसुर अन्तर्ग जन्म कैदसमेत हुनसक्ने व्यवस्था छ । ढकालको पुस २५ गते साँझको समयमा भैरवडाँडाको जंगलमा हत्या भएको थियो । 

 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media , Local Newspaper - Banke , Local Newspaper - Bara , Local Newspaper - Makwanpur

0 Comments

Related Reports