Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

2018-11-02

Gandaki, Tanahun, Shuklagandaki, Ward 8

२५ वर्षीया महिलाले शुक्लागण्डकी नपा–८ का वडा अध्यक्ष ३० वर्षीय कृष्णप्रसाद रेग्मीले बलात्कार गरेको भन्दै उनीविरूद्ध इलाका प्रहरी कार्यालय, बेलचौतारामा उजुरी दर्ता गराएकी छिन् ।


पीडित महिलालाई आरोपित रेग्मीले पटकपटक बलात्कार गरेको भन्दै मङ्सिर ६ गते न्यायका लागि उजुरी दर्ता गरेको पीडितले बताएकी छन् ।


इलाका प्रहरी चकार्यालय, बेलचौताराका इन्स्पेक्टर श्रवणकुमार बिकले वडा अध्यक्ष विरूद्ध बलात्कार गरेको आरोपमा उजुरी दर्ता भएको जानकारी दिँदै घटनाको अनुसन्धान गरिरहेको बताए । घटनाका आरोपित रेग्मी फरार रहेकोले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।


पीडित महिलाले न्यायका लागि आग्रह गर्दै मङ्सिर ४ गते शुक्लागण्डकी नगरपालिकास्थित न्यायिक समितिमा उजुरी दिएकी थिइन् । न्यायिक समितिले बलात्कारको मुद्दा समितिको कार्यक्षेत्रमा नपर्ने भन्दै उजुरी छानविनका लागि प्रहरीमा पठाएको थियो ।


पीडित महिलाको स्वास्थ परीक्षण मङ्सिर ६ गते नै जिल्ला अस्पताल दमौलीमा गरिएको जिल्ला प्रहरी कार्यालय, तनहुँका एसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।


प्रकाशचन्द्र भट्टराई


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , Local Newspaper - Chitwan

0 Comments