Incident Reports

छोरी बेचेको आरोपमा बावु गिरफ्तार

2019-01-23

Bagmati, Nuwakot, Dupcheshwar, Ward 6

छोरी भारतमा लगेर बेचेको आरोपमा बाबुलाई गिरफ्तार गरेको छ । दुप्चेश्वर गाउँपालिका–६ समुद्रटारकी १५ वर्षीया बालिकालाई बाबुको संलग्नतामा भारतमा बेचेको आरोपमा पीडित बालिकाका बावुसहित तीन जनालाई प्रहरीले माघ ७ गते गिरफ्तार गरेको हो ।

पीडित बालिकाको बावु सहित दुप्चेश्वर गाउँपालिका–६ का २२ वर्षीय सुनिल तामाङ र सोही वडाका ३१ वर्षीय लक्ष्मी नेपालीलाई गिरफ्तार गरी मुद्दा चलाएको प्रहरी उपरिक्षक कृष्णबहादुर पल्लीमगरले जानकारी दिनुभयो । प्रहरीले अदालतबाट माघ ८ गते थुनामा राख्ने अनुमति लिएर अनुसन्धान सुरू गरेको जनाएको छ ।

आरोपितहरूले भारतमा लगेर वेश्यामगनमा लगाउने उद्धेश्यले गत पुस २२ गते घरबाट बालिकालाई काठमाडौँ हुँदै भारतको दिल्ली पुर्‍याएको प्रहरीले जनाएको छ ।

दिल्लीबाट उद्धार गरी पीडित बालिकालाई नेपाल माघ ६ गते नेपाल ल्याएपछि आरोपितहरूलाई गाउँबाटै माघ ७ गते गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।


नवदीप श्रेष्ठ


0 Comments