Incident Reports

सुतली बमसहित नेकपा-माओवादीका पाँच कार्यकर्ता गिरफ्तार

2013-11-14

Gandaki, Syangja, Waling

Sangeeta Bhat स्याङजा । ०७० कात्तिक २८ गते स्याङजाको सेतीदोभान गाविस-१ सिमखेत बाट कात्तिक २८ गते १ थान सुतली बम सहित नेकपा-माओवादीका पाँच जना कार्यकर्ता प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेमा नेकपा-माओवादी स्याङजा क्षेत्र नं १ का इन्चार्ज खिमकुमार विक 'हिक्मत', तमुवान राज्य समिति सदस्य विनोद सोनाम, नन्दकुमार थापा, तीलबहादुर गुरुङ र जिल्ला कमिटी सदस्य प्रेम अधिकारी रहेका छन् । प्रहरीले उनीहरुको साथबाट पार्टीको पर्चा पम्पलेट, परिचय पत्र, आन्दोलन सहयोगार्थ रसिद, पार्टीको सदस्यता फारम र निर्वाचन बहिष्कारको पर्चासमेत वरामद गरेको प्रहरी नायब उपरीक्षक आभुषण तिमल्सिनाले बताएका छन् । पाँचै जनालाई प्रहरीले बिष्फोटक पदार्थ ऐन अर्न्तर्गत मुद्दा चलाएको छ । उनीहरुलाई अहिले प्रहरी हिरासतमा राखी अनुसन्धान गरिएको तिमल्सिनाले बताएका छन् । नेकपा-माओवादी स्याङ्जाका कार्यवाहक इन्चार्ज पारस गैह्रेले प्रहरीले नियोजित रुपमा आफ्ना कार्यकर्ता गिरफ्तार गरेको प्रतिक्रिया दिएका छन् । उनले चुनाव बहिष्कारको लागि घरदैलो अभियानबाहेक अन्य कुनै कार्यक्रम नरहेको हुँदा सुतली बम आफ्ना कार्यकर्तासँग नभएको बताएका छन् । संगीता भाट

0 Comments

Related Reports