Incident Reports

जनकपुरमा सरकारविरुद्ध तरुण दलको प्रदर्शन

2019-01-23

Madhes, Dhanusha, Janakpur

९ माघ, जनकपुरधाम । नेपाली कांग्रेसको युवा स‌ंगठन तरुण दलले बुधबार प्रदेश २ को राजधानी जनकपुरमा प्रदर्शन गरेको छ ।

बलात्कारपछि हत्या गरिएको कञ्चनपुरकी निर्मला पन्तलाई न्याय, अनशनरत डा गोविन्द केसीका मागहरु पूरा गर्न, भ्रष्टाचार रोक्नपर्ने माग गर्दै जनकपुरमा सरकार बिरुद्ध प्रर्दशन गरेको हो ।

बिरोध प्रदर्शनपछि कार्यक्रमलाई सम्बोधन गर्दै तरुण दलका उपाध्यक्ष उत्तम चापागाईंले सरकार आफै भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए ।

सरकारले निर्मला हत्याकाण्डका अपराधीलाई संरक्षण दिएको पनि उनले आरोप लगाए । अनशनरत डा. गोविन्द केसीका मागहरु पूरा गर्न भन्दै सरकारको विरोध गर्नुपरेको उनले बताए ।

सरकारले डा. गोविन्द केसीका माग तत्कालन सम्बोधन गर्नुपर्ने, बलात्कार, हत्या, हिंसा जस्ता घटनाहरु दिनहूँजसो हुन थालेको भन्दै आफूहरु प्रदर्शनमा उत्रिएको तरुणदलले जनाएको छ । ज

नकपुरस्थित कांग्रेसको पार्टी कार्यालयबाट सुरु भएको प्रदर्शन मुरलीचोक, रामचोक, जनकचोक हुँदै भानु चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments